विमानस्थलबाहिर राजावादीको प्रदर्शनमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी

 पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ ।

काठमाडौंको त्रिभुवन विमानस्थलबाहिर भेला भएका प्रदर्शनकारीले सरकार र व्यवस्थाविरुद्ध नाराबाजी गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् ।

पोखरा लगायत पश्चिम क्षेत्रको भ्रमण सकेर पूर्वराजा शाह आइतबार अपरान्ह काठमाडौं फर्किँदैछन् । पूर्वराजा शाहको स्वागतका लागि राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईं लगायतका समूह विमानस्थलबाहिर पुग्दैछन् ।