काठमाडौँ । गीतकार झकेन्द्र शर्माको तिम्ले माया मारेरको भिडियो सार्वजनिक भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार शर्मा राम्रो संभावना बोकेका गीतकार हुन् ।
मकाउका पर्यटकिय र रमाइला स्थलहरुमा छायांकन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ ।
आँफुलाई भन्दा बढी माया गरेकी प्रेमीकालाई भर परेर सारा कुरा सुम्पिँदा उसले दिएको विछोडको पिडा सहन बाध्य प्रेमीले भागेको विरहको गाथालाई गायक तथा संगीतकार तुला पर्वतले गज्जबसँग भिडियोमा देखाउन सफल भएका छन् ।
गायक स्वयमकै निर्देशन रहेको गीतमा रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय रहेको छ ।
तुला पर्वतकै संगीत रहेको भडियोमा उनकै छायांकन तथा सम्पादन रहेको छ । हेर्नुहोस् यो प्रेम र विरहले भरिएको यो भिडियो





