नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज पनि घटेको छ ।
आज परिसूचक २५.१६ अंकले घटेर २८२१ मा कायम भएको छ । यसअघि मंगलबार परिसूचक ३०.३६ अंकले घटेको थियो । साताको कारोबारको पहिलो दिन आइतबार उच्च अंकले बढेको नेप्से परिसूचक सोमबार र मंगलबार पनि दोहोरो अंकले घटेको थियो । मंगलबार नेप्से परिसूचक २८४६.३० को विन्दुमा कायम भएको थियो ।
आज ६२ वटा कम्पनीको सेयर मूल्य बढेको छ । यसैगरी १७४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आठवटा कम्पनीको सेयरमा भने कुनै घटबढ भएको छैन ।





