१५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई इन्धन नदिने घोषणा

9

नयाँ दिल्लीको नयाँ सरकारले १५ वर्षभन्दा पुराना सवारी साधनहरूलाई इन्धन नदिने घोषणा गरेको छ ।

दिल्लीका वातावरणमन्त्री मन्जिन्दर सिंह सिरसाले अप्रिल १ देखि इन्धन नदिने जानकारी दिए । उनले त्यस्ता सवारी साधनहरू पहिचान गर्न र दिल्लीमा उनीहरूको प्रवेशमा प्रतिवन्ध लगाउन चाँडै नै अधिकारीहरूको टोली गठन गरिने पनि बताए । 

होटल, व्यावसायिक परिसर र कार्यालयहरू सहित बहुतले भवनहरूमा वायु प्रदुषण नियन्त्रण गर्न एन्टी-स्मग गनहरू जडान गर्नुपर्ने बताए । दिल्लीमा वायु प्रदुषण बढ्दो समस्याका रुपमा रहेको छ । नोभेम्बर २०२४ मा दिल्लीले ७९५ को वायु गुणस्तर सूचकांक दर्ता गरेको छ ।

समन्धित समाचार