टोखामा गोली काण्डका सुटर गुड्डु पटेल पक्राउ

1

 काठमाडौँको टोखामा गोली प्रहार गरेर प्रहरीले पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गर्न ४ राउण्ड गोली चलाएको हो । आरोपीलाई खुट्टामा गोली लागेको र  उपचारको लागी त्रिवि शिक्षण अस्पतालमा पठाएको स्रोतले जनाएको छ । गुड्डु भारतीय नागरिक हुन् । २०७९ असोज ३ मा काठमाडौँको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो ।

उनको हत्यामा गुड्डु सुटरको भूमिकामा रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।लाल मोहम्मदको हत्या गर्दा गोली प्रहार गर्ने दुई जना मध्ये डुड्डु एक हुन् । उनलाई पक्राउ गर्न प्रहरीले सुरुमा दुई राउण्ड हवाई फायर र भाग्न थालेपछि थप दुई राउण्ड गोली प्रहार गरेको बताइएको छ ।

२०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट मोहम्मदको हत्या गर्ने योजनाकार मध्येका बब्लु पासवानलाई पक्राउ गरेको थियो । बब्लु पासवान भारतीय अंडरवर्ल्ड डन बब्लु श्रीवास्तवसँग निटक छन् । पासवानले गोठाटारमा लाल मोहम्मदको सर्भिलेन्स गराएर सुटर पठाएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

समन्धित समाचार