धनगढीनजिकै जंगलमा दुई युवककाे शव भेटियो

55

कैलालीको धनगढीनजिकै जंगलमा दुई युवककाे शव भेटिएकाे छ। धनगढी उपमहानगरपालिका–९ स्थित सालघारी सामुदायिक वनमा दुई युवाको शव भेटिएको हाे।

मृत भेटिनेहरुमा धनगढी उपमहानरपालिका–१० का अन्दाजी ३० वर्षका देवल चौधरी र सोही ठाउँका अन्दाजी ३२ वर्षका कैदा राना छन्। चौधरीको शव झुडिएको अवस्थामा र रानाको शव भुइँमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र सिंह बोहोराले बताए।

प्रहरी टोली घटनास्थल गएर मुचुल्का गरेर शव उठाएको छ। अब शव पोस्टमार्टमका लागि पठाउन लागिएको बोहराले बताए।

समन्धित समाचार