नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप

52

स्वर्गद्वारी गुठी पीडित र प्रहरीबिच झडप भएको छ । आइतबार स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा झडप भएको छ । झडपमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा पौडेल घाइते भएका छन् । 

उनको बानेश्वरस्थित निजामती अस्पतालमा उपचार भइरहेको बताइएको छ । प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । झडपमा परी प्रदर्शनकारीतर्फ पनि घाइते भएको बताइएको छ । तर त्यस बिषयमा यकिन तथ्याङ्क भने आएको छैन् । 

प्रदर्शनकारीहरू तर्फ पनि केही घाइते भएका छन् ।  निषेधित क्षेत्र तोड्न खोजेपछि बानेश्वरस्थित बेकरी क्याफे अगाडी झडप भएको हो । सङ्घर्ष समितिले केही समयदेखि काठमाडौँमा प्रदर्शन गरिरहेको छ ।   

समन्धित समाचार