सर्वोच्च अदालतमा आजका लागि तय भएको सबै पेशी स्थगित भएको छ । पूर्व न्यायाधीश शारदा श्रेष्ठको निधनमा सर्वोच्चका सबै पेशी स्थगित गरिएको हो ।
८४ वर्षिया श्रेष्ठको शुक्रबार बिहान उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको थियो । शारदा नेपालको पहिलो महिला न्यायाधशि तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्याायधीश हुन् ।
२०६१ साल वैशाखमा सर्वोच्च प्रवेश गरेकी शारदा ०६५ जेठमा सर्वोच्चबाट बिदा भएकी थिईन् । सर्वोच्च पुग्नुअघि उनी उच्च् अदालत राजविराजमा कार्यरात थिईन् । शुक्रबार सार्वजनिक बिदा परेको हुँदा सर्वोच्चले आज पेशी स्थगित गरेको हो ।