प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

nepal medical college

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज जोरपाटीस्थित नेपाल मेडिकल कलेज र शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले कलेजको नवनिर्मित भवनलाई जनताको लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। यस भवनको प्रयोगले नेपाल मेडिकल कलेजलाई अझ सशक्त बनाउन र स्वस्थ जनशक्ति तयार पार्न मद्दत पुर्याउने अपेक्षासमेत राखिएको छ।

नेपाल मेडिकल कलेजले हालसम्म एमबिबिएसमा २,२६२, बिडिएसमा ३३५, एमडी/एमएस र एमडिएसमा ३२४ जना, र विशिष्टीकृत सेवाअन्तर्गत डिएम एमसिएचमा आठ, बिएस्सी नर्सिङ र एमएस्सी नर्सिङमा २०८ गरी कुल ४,०९८ जना दक्ष प्राविधिक जनशक्ति उत्पादन गरेको छ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधि सभा सदस्य, र अन्य प्रमुख व्यक्तिहरूको उपस्थिति रहेको थियो।

समन्धित समाचार