काठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीभित्र १३ बुँदे आचारसंहिता लागू गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेपछि यो आचारसंहिता औपचारिक रूपमा लागू हुनेछ। आचारसंहितामा पार्टीको मार्गनिर्देशक सिद्धान्तदेखि नैतिकता, मूल्य मान्यता, आचरण, व्यवहार, जवाफदेहीता, अनुशासन, अध्ययनशीलता जस्ता विषयलाई समेटिएको छ।
मार्गदर्शक सिद्धान्त
पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहनेछ। यसले शोषण, दमन, उत्पीडन, विभेद र असमानताको विरोध गर्ने तकाठमाडौं, ९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीभित्र १३ बुँदे आचारसंहिता लागू गर्ने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेपछि यो आचारसंथा श्रमजीवी वर्गको पक्षपोषण गर्ने स्पष्ट उल्लेख छ।
१३ बुँदे आचारसंहिता:
१. उद्देश्य: पार्टीका नेता तथा कार्यकर्ताको आचरणलाई पार्टीको क्रान्तिकारी सिद्धान्तअनुसार बनाउनु नै आचारसंहिताको मुख्य उद्देश्य हो। पार्टी विधानको धारा १३७ अनुसार केन्द्रीय कमिटीले आचारसंहिता जारी गरेको छ।
२. प्रारम्भ: केन्द्रीय कमिटीको पारित हुने दिनदेखि आचारसंहिता लागू हुनेछ।
३. पालनकर्ता: सबै नेता तथा कार्यकर्ताले यस आचारसंहिता पालना गर्नुपर्नेछ।
४. मार्गदर्शक सिद्धान्त: माक्र्सवाद–लेनिनवादलाई आधार मानेर सबै प्रकारका शोषण, दमन, अन्यायको विरोध गर्ने प्रतिबद्धता राखिएको छ।
५. मूल्य मान्यता: श्रमको सम्मान गर्ने, श्रम शोषण नगर्ने, विभेदको विरोध गर्ने तथा आर्थिक–सामाजिक–सांस्कृतिक रूपान्तरणका लागि निरन्तर लागिरहने मूल्यमान्यता रहेको छ।
६. आचरण: नेताहरुको आर्थिक र नैतिक आचरण शुद्ध हुनुपर्नेछ। सरल तथा सामान्य जीवनशैली अपनाउनुपर्नेछ।
७. नैतिकता: व्यक्तिवादको सट्टा सामूहिकताको भावना राख्नुपर्नेछ। निजी स्वार्थभन्दा सामूहिक हितलाई प्राथमिकता दिनुपर्नेछ। परपुरुष–परस्त्री सम्बन्ध र विवाहबाहिरको शारीरिक सम्बन्धलाई अनैतिक मानिनेछ। महिलाप्रति एकनिष्ठ व्यवहार गर्नुपर्नेछ।
८. व्यवहार: नेताहरुको व्यवहार सरल र जीवनशैली सादा हुनुपर्नेछ। जनतासँग शिष्ट, मर्यादित र सम्मानजनक व्यवहार गर्नुपर्नेछ। जातीय तथा वर्गीय भेदभाव नगर्नुपर्नेछ। आर्थिक जीवन पारदर्शी हुनुपर्नेछ। भ्रष्टाचार तथा अनैतिक आर्जन नगर्नुपर्नेछ।
९. जिम्मेवारी बहन: पार्टीले दिएको जिम्मेवारी सबैले इमान्दारीपूर्वक पूरा गर्नुपर्नेछ। जिम्मेवारी नबहन गर्नेहरुलाई कारबाही गरिनेछ।
१०. जवाफदेहीता: हरेक नेता तथा कार्यकर्ता आफैंले गरेको कामप्रति जिम्मेवार हुनुपर्नेछ। गैर-जिम्मेवार व्यवहार स्वीकार्य हुनेछैन।
११. अध्ययनशीलता: नेताहरु अध्ययनशील हुनुपर्नेछ। कुनै पनि निर्णय लिनुअघि अध्ययन तथा विचार विमर्श गर्नुपर्नेछ।
१२. अनुशासनको पालना: पार्टी विधानअनुसार अनुशासनको पालना गर्नुपर्नेछ। पार्टी निर्णयको अवज्ञा गर्न नपाइनेछ। आन्तरिक छलफलमा स्वतन्त्ररूपमा बोल्न पाइए पनि बाहिर गएर पार्टी निर्णयको विरोध गर्न नपाइनेछ।
१३. आचारसंहिताको पालना: आचारसंहिताको पालना सबैका लागि अनिवार्य हुनेछ। पालना नगरे कारबाही हुनेछ।
यो आचारसंहिता पार्टी अनुशासन, नैतिकता, मूल्य मान्यता र व्यवहारलाई सुदृढ गर्न ल्याइएको बताइएको छ।