नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज विदुर सापकोटाको निधन भएको छ ।
अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटाको बिहीबार बिहान ३ः५० बजे मृत्यु भएको हो । तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए ।
माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकाप एसका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह(इन्चार्जको भूमिकामा थिए ।सापकोटाको शवलाई श्रदाञ्जलीका लागि बिहान १०ः०० बजेसम्म पार्टी केन्द्रीय कार्यालय आलोकनगर तिनकुनेमा राखिने र त्यसपश्चात् पशुपति आर्यघाटमा दाहासंस्कार गरिने बताइएको छ ।





