रास्वपा सभापति लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित

rabi lamichhane news

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा पहिलो पटक तारेखका लागि उनी अदालत पुगेका हुन्।

यसअघि, माघ २ गते काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशपछि उनी धरौटी बुझाएर रिहा भएका थिए। स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरी अनुसन्धानअनुसार, सहकारीमा ५,६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको पाइएको छ। यस प्रकरणमा ६९० जनाले ९३ वटा जाहेरी दिएका छन्।

यसअघि, पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त प्रकरणमा पनि उनी धरौटी बुझाएर रिहा भएका थिए।

लामिछानेविरुद्ध चितवन, रुपन्देही, र पर्सामा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दायर भइसकेका छन्। तीनै जिल्लामा अनुसन्धान अधिकृतहरूले उनीसँग बयान लिइसकेका छन्।

स्वर्णलक्ष्मी सहकारी प्रकरणमा अदालतको आगामी प्रक्रिया र निर्णयहरूमा थप विवरण आउने अपेक्षा गरिएको छ।

समन्धित समाचार