काठमाडौं, फाल्गुन ५ – अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप’ आजबाट काठमाडौंमा सुरु हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सम्पन्न हुने प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको छ।
नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ। खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ।
नेपाली टोलीको तयारी पूरा
आज आयोजित प्रि-म्याच कन्फ्रेरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली टोलीले प्रतियोगिताका लागि सबै तयारी पूरा गरिसकेको जानकारी गराउनुभयो। उहाँले टिमले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदान उत्रने बताउनुभयो।
यसै क्रममा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि टोली राम्रो तयारीसहित मैदानमा उत्रन तयार रहेको बताइन्। उनले यो प्रतियोगिता नेपालको लागि ठूलो अवसर भएको र घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य रहेको बताइन्।
स्टार फरवार्ड सावित्रा भण्डारी नेपाल आइपुग्दै
नेपाली टिमका स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) आज बिहान फ्रान्सबाट नेपाल आइपुग्दैछिन्। उनको आगमनले टिमलाई थप आत्मविश्वास प्रदान गर्ने अपेक्षा गरिएको छ।
च्याम्पियनसिपमा चार टिमबीच प्रतिस्पर्धा
यस प्रतियोगितामा नेपालसहित लेबनान, किर्गिस्तान, र म्यानमार सहभागी छन्। चार टोलीबीच प्रतिस्पर्धा हुँदै गर्दा नेपालले घरेलु दर्शकमाझ उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य लिएको छ। प्रतियोगिताका लागि बाहिर रहेका सबै खेलाडी नेपाल आइपुगिसकेका छन्।
नेपालले घरेलु मैदानमा जित हात पार्न सफल हुन्छ कि हुँदैन भन्ने कुरा आजको खेलले नै निर्धारण गर्नेछ। दशरथ रंगशालामा हुने नेपाल बनाम किर्गिस्तानको खेल नेपाली फुटबलप्रेमीहरूका लागि विशेष महत्त्वको हुनेछ।