अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा

28 1

 भोलिबाट सुरु हुने अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको तयारी पूरा भएको छ ।

आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगीताको तयारी पूरा भएको जानकारी दिएको हो । भोलिबाट सुरु हुने प्रतियोगीता १४ गतेसम्म चल्नेछ । प्रतियोगीतामा नेपालसहित किर्गीस्तान, म्यानमार र लेवनान सहभागी हुनेछन ।

नेपालमा पहिलो पटक चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुन लागेको हो । खेलहरू सुरुमा राउन्ड रोबिन आधारमा हुनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे सञ्चालन हुनेछन ।

समन्धित समाचार