दक्षिण कोरियाको बुसानमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

5 5

 दक्षिण कोरियाको दक्षिणपूर्वी बन्दरगाह शहर बुसानमा शुक्रबार एक निर्माण स्थलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

आगलागीमा परेर सात जना घाइते भएका छन् । राजधानी सियोलबाट लगभग ३२५ किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानमा रहेको एक होटल निर्माण स्थलमा आगलागी भएको थियो ।

निर्माण स्थलमा रहेका करिव १०० कामदारहरूलाई बाहिर निकालिएको थियो भने छतमा भागेका १४ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

पहिलो तल्लामा रहेको स्विमिङ पुल नजिकै इन्सुलेशन सामग्री लोड गरिएको कारणले आगलागी सुरु भएको बताइएको छ । 

समन्धित समाचार