सत्तारुढ दलको बैठक आज बस्दै

सत्तारुढ दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि बैठक बोलाइएको हो ।

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो।