दक्षिण पश्चिम पाकिस्तानमा इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको छ ।
आज खानी मजदुरहरूको एक समूह हर्नाई जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटमा परेका हुन् । कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । हर्नाई दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ । विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।