प्रविधिले खेती गर्ने तरिका फेरिँदै

kisan rastrako san
MixCollage 13 Feb 2025 06 12 AM 4335

झापा- नविनतम प्रविधिको प्रयोग बढ्न थालेपछि झापामा धानको विऊ राख्ने शैली पनि फेरिन थालेको छ। मेशिनले धान रोप्दा छिटो, कम लागतमा राम्रो उत्पादन हुन थालेकाले ट्रेमा विऊ राखी मेशिनबाट धान रोप्ने प्रविधि लोकप्रिय बन्दै गएको छ।

विगत वर्षहरूमा चैते धान रोप्नका लागि पुसको अन्तिम सातादेखि माघको पहिलो हप्तासम्म खेत जोतेर विऊ छर्ने परम्परागत तरिका प्रचलित थियो। तर, झापामा यो चलन फेरिँदैछ। अहिले विशेष प्रकारको ट्रेमा विऊ राखेर व्याड बनाउने प्रविधि लोकप्रिय बन्दै गएको छ

476600873 976234167280261 2051357668245226971 n

सरकारी नीति प्रविधिमुखी बन्दै

जिल्लामा ८ वर्षअघिदेखि मेशिनको प्रयोगबाट खेती गर्ने प्रणालीमा सरकारी निकायले काम गर्दै आएको छ। प्रदेश सरकार मातहत संचालित कृषि ज्ञान केन्द्रले यस वर्षदेखि अनुदानमुखी कार्यक्रमलाई भन्दा प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता दिएको छ। कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार प्रविधिमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्न आधुनिक कृषि यन्त्रहरू उपलब्ध गराउने योजनामा सरकार अघि बढिरहेको छ।

त्यस्तै, स्थानीय सरकारले समेत आफ्नै बजेटमा मेशिन खरिद गरी धान तथा मकै खेतीमा मेशिनको प्रयोगलाई प्राथमिकता दिएको छ। जनशक्तिको अभाव हुँदै गएपछि कमल गाउँपालिकामा मेशिनको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको छ। स्थानीय कृषि प्राविधिक प्रेमप्रसाद पोखरेलका अनुसार आधुनिक प्रविधिको प्रयोगले कृषकहरूलाई सहज भएको छ।

476580362 943514717904506 5165240238795669805 n

किसानको रोजाइमा प्रविधिमैत्री खेती

मेशिनको प्रयोग बढ्दै गएपछि झापामा चैते धान रोप्ने क्षेत्र समेत विस्तार हुँदै गएको छ। कम जनशक्ति र न्यून लागतमा राम्रो उत्पादन हुन थालेपछि किसानहरू प्रविधिमैत्री खेती प्रणाली अपनाउँदै गएका छन्। परम्परागत विधिबाट उत्पादन गर्दा लाग्ने समय र श्रमलाई बचाउँदै नयाँ प्रविधिले उत्पादन वृद्धि गर्न मद्दत पुर्‍याइरहेको छ।

कृषि क्षेत्रको आधुनिकीकरणसँगै नेपालमा मेशिनबाट हुने खेती प्रविधिको भविष्य उज्ज्वल देखिएको छ। सरकारले प्रविधि हस्तान्तरण गर्ने योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके किसानहरूको उत्पादन क्षमता अझै बढ्ने विश्वास गरिएको छ।

476436525 516883424757028 5677710852561543817 n

समन्धित समाचार