रामेछापका मोहन खड्का बेपत्ता, परिवारद्वारा सहयोगको अपिल

mohan khadka
477782646 9408357575881404 7505390871057858072 n

रामेछाप जिल्ला घर भई हाल काठमाडौंको नयाँबस्ती, बौद्धमा बस्दै आउनुभएका २७ वर्षीय मोहन खड्का गत मिति २०८१ साल माघ ८ गते मंगलबार बिहान करिब १०:०० बजे कलंकीबाट बौद्धस्थित आफ्नै डेरातर्फ जान्छु भन्दै निस्किनुभएको थियो। तर, हालसम्म उहाँको कुनै खबर प्राप्त नभएको र उहाँ कसैको पनि सम्पर्कमा नरहनु भएकोले परिवार तथा आफन्तजनहरू गम्भीर चिन्तामा परेका छन्।

बेपत्ता भएका मोहन खड्काको हुलिया निम्नानुसार छ:

  • पहिरन: निलो जिन्स पाइन्ट, कालो क्याप टोपी, कालो ज्याकेट, सेतो जुत्ता
  • उचाइ: करिब ५ फिट ९ इन्च
  • वर्ण: गहुँगोरो

बेपत्ता भएको दिनदेखि नै परिवार तथा आफन्तजनहरूले विभिन्न स्थानहरूमा खोजी कार्य गरिरहेका छन्। प्रहरी प्रशासनमा समेत जानकारी गराइएको छ। तर, अहिलेसम्म उहाँको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

परिवार तथा आफन्तजनको अपिल: यदि कसैले उहाँलाई देख्नुभएको छ वा उहाँबारे कुनै जानकारी प्राप्त गर्नुभएको छ भने निम्न सम्पर्क नम्बरहरूमा तुरुन्त खबर गरिदिनुहुन हार्दिक अनुरोध गरिन्छ।

सम्पर्क नम्बरहरू: 📞 ९८६५०६२२९९ 📞 ९८४३५४७३४७ 📞 ९८४४५१७३९७ 📞 ९८४१३८६४९५

मोहन खड्काको शीघ्र खोजी र सुरक्षाका लागि सबैको सहयोग आवश्यक रहेको छ। कृपया, उहाँबारे कुनै जानकारी प्राप्त भएमा तुरुन्त सम्पर्क गर्नुहोस्।

सहयोगको लागि सम्पूर्ण महानुभावहरूमा हार्दिक अनुरोध! 🙏🙏

समन्धित समाचार