नेपाल समाजवादी पार्टीको मतगणना शुरु हुदै

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को प्रथम महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मतदान सकिएको छ । मंगलबार राति अबेर मतदान सकिएको हो ।

‘राति १२ बजे आसपास मतदान सकियो, मत गणना बुधबार बिहान सुरु हुन्छ’, स्रोतले भन्यो । एक नेताका अनसार बिहान १० बजे निर्वाचन कार्यालयबाट प्रतिनिधि बोलाएर मतगणना गर्ने तयारी भइरहेको छ ।

पार्टीको पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको हो । महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजलासँगै १७ केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।