हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने  ट्रम्पको चेतावनी

41

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्दी रिहाइ नगरे युद्ध विराम भङ्ग गर्ने चेतावनी दिएका छन् ।

राष्ट्रपति ट्रम्पले हमासका लागि बन्दी रिहाइको समयसमेत दिएका छन् । उनले हमासलाई बन्दी रिहाइका लागि शनिबार १२ बजेसम्मका लागि समय दिएका छन् ।

उनले तोकिएको समयसम्म रिहाइ नभएमा अर्को दुर्घटना हुनसक्ने चेतावनी दिएका हुन् । ट्रम्पले भनेको समय मध्य दिनको १२ बजे या मध्य रातको १२ भन्ने खुलाएका छैनन् । उनले सबै बन्दी रिहाइको अपेक्षा गरेको बताएका छन्।

समन्धित समाचार