मेक्सिकोमा बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु

media1739076194

दक्षिण मेक्सिकोमा बस दुर्घटना हुँदा ४१ जनाको मृत्यु भएको छ ।

दुर्घटना शनिबार बिहान भएको हो । ४८ जना सवार बस एक ट्रेलर ट्रकसँग ठोक्किएको थियो । दुर्घटनामा बसमा सवार ३८ जना यात्रुका साथै बसका दुई चालकको मृत्यु भएको स्रोतले जनाएको छ ।

दुर्घटनापछि बस पूर्णरुपमा जलेको देखिएको छ । ठक्करपछि बसमा आगलागी भएको थियो । मृत्यु भएकाहरूको सनाखतको प्रयास भइरहेकोछ ।  बस कानकुनबाट टाबास्को गइरहेको बताएको छ । 

समन्धित समाचार