प्रधानमन्त्री ओलीको आरोप: ‘सुन तस्करले प्रहरीलाई नै हप्काउने अवस्था आयो’

kp sharma oli 2

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पुलिस क्लब परिसरमा नवनिर्मित ‘द ब्लु पेभिलियन’ को उद्घाटन गर्दै अपराधीहरूको बढ्दो हिम्मतप्रति चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार, पहिले प्रहरीसँग आँखा जुधाउन नसक्ने अपराधीहरू अहिले निर्लज्ज रूपमा हिँड्ने र प्रहरीलाई नै धम्क्याउनेसम्मको अवस्था आएको छ।

प्रधानमन्त्री ओलीले सुन तस्करीको उदाहरण दिँदै भने, ‘सुन तस्करले भेट्यो भने पुलिसलाई हप्काइदिन्छ। ओए… किन हेरेको भनेर? झोलाभरि सुन हुन्छ तर, किन हेर्‍या भन्छ? उल्टै हप्काउँछ।’ उनले वर्तमान समयको परिवर्तनप्रति संकेत गर्दै भने, ‘हामी जस्ता भलाद्मी सोझा सिधा इमान्दारलाई किन हेरेको छ हँ भनेपछि के हो के हो..? को हो म चिन्या छ हँ.. भनेपछि झन् के हो के हो… यस्तो खाल्को जमाना छ।’

प्रधानमन्त्रीले यस्ता प्रवृत्तिविरुद्ध निष्पक्षता र स्वतन्त्रताका साथ कठोर भएर प्रस्तुत हुन प्रहरीलाई निर्देशन दिए। उनले अपराध नियन्त्रणमा प्रहरीको भूमिकालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए।

समन्धित समाचार