यूएसएडका कर्मचारीलाई बिदामा राख्ने ट्रम्पको निर्णयमा अदालतको रोक

1 1

 युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (यूएसएआईडी) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाएका छन् ।

अमेरिकन फरेन सर्भिस एसोसिएसन र अमेरिकन फेडेरसन फर गभर्मेन्ट इम्प्ल्वाइमेन्टले विरोध जनाएपछि शुक्रबार न्यायाधीशले यो निर्णय लिएका हुन्।शुक्रबार रातिदेखि यो निर्णय लागु हुने भनिएको थियो। यसमा कर्मचारी युनियनले न्यायालयमा उजुरी गरेपछि रोक लगाइएको  हो ।

उनीहरूलाई लागि सुविधासहित बिदा गर्ने ट्रम्पको निर्णय लागु हुनु भन्दा केही घण्टा अघि यसमा न्यायाधीशले अस्थायी रोक लगाएका हुन् । अमेरिकाको मुख्य वैदेशिक विकासको काम गर्ने  यूएसएआईडीमा १० हजार कर्मचारी कार्यरत छन्। यसमा दुई तिहाइ विदेशमा काम गर्छन्।

समन्धित समाचार