टी-२० सिरिजको उत्कृष्ट नेपाली महिला खेलाडी बन्दै पूजा महतोले जितिन् स्कुटर 

9

अन्तर्राष्ट्रिय महिला टी-२० त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीमध्ये उत्कृष्ट प्रदर्शन गरेकी अलराउन्डर पूजा महतोले यमाहाको रेजेट–आर हाइब्रिड १२५ स्कुटर जितेकी छिन्।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपालीमध्ये उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई स्कुटर प्रदान गर्ने घोषणा गरेको थियो।

जसमा पूजाले प्रतियोगितामा एक अर्धशतकसहित १३४ रन जोडेकी थिइन्। उनी सर्वाधिक रन प्रहार गर्ने ब्याटरको सूचीको तेस्रो स्थानमा रहिन्।

यस्तै पूजाले ३ विकेट समेत लिन सफल भइन्।

थाइल्यान्ड र नेदरल्यान्ड्सविरूद्धको सिरिजमा नेपालले सबै खेलमा पराजय भोग्यो। नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्स दुवै टोलीसँग तीन तीन खेलमा हार ब्यहोरेको हो। सिरिजको प्लेयर अफ दि सिरज भने थाइल्याण्डकी थिपाथ्चा पुथावोङ घोषित भइन् ।  उनले ६ खेलमा १६ विकेट लिइन्।

पूजा यसअघि आइसिसी यू-१९ महिला विश्वकपको टिम अफ दि टुर्नामेन्टमा समेत परेकी थिइन्। मलेसियामा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको टिम घोषणा गर्दा एसोसिएट राष्ट्रबाट टिममा पर्ने पूजा एक्लो खेलाडी थिइन्। 

समन्धित समाचार