संघीय संसद अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक आज पनि बस्दै

संघीय संसद अन्तर्गत रहेको प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । कार्यसूची अनुसार आजको बैठकमा अध्यादेशको बारेमा कुनै कारवाही अगाडि नबढ्ने देखिन्छ । आजको बैठकमा उधोग तथा बाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खानले ‘विद्युतिय व्यापार विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१’ पेश गर्नेछन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदन सहितको बिधायन विधेयक, २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले ‘अन्तराष्ट्रिय श्रम संगठनको अन्तराष्ट्रिय श्रम सम्मेलनले स्विकृत गरेका नयाँ अन्तराष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।