यो सरकार प्रतिशोध लिनमात्रै बलियो देखियो, रवि लामिछानेलाई फसाईहाल्ने कसरतमा छः प्रचण्ड
२०८१ माघ २४, बिहीबार
काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकार राजनीतिक प्रतिशोध लिनमात्रै बलियो देखिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नियोजित रूपमा फसाउने प्रयास भइरहेको बताएका छन्। उनले भने, “सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ। त्यसको सबैभन्दा ठूलो उदाहरण रवि लामिछाने हुनुहुन्छ। सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कहीँ नजोडिएको आज उहाँलाई देशभरि ठूलो सहकारी ठगको रूपमा प्रचार गरिएको छ।”
रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको दुरुपयोग
प्रचण्डले सरकार रवि लामिछानेविरुद्ध राज्य संयन्त्रको पूर्ण दुरुपयोग गरिरहेको आरोप लगाए। उनले भने, “हिजो उहाँलाई ठूलो-ठूलो अफर गरेका व्यक्ति आज न्यायपालिकालाई समेत धम्काएर फसाईछाड्ने कसरतमा छन्। यसका लागि सिंगो राज्य संयन्त्र परिचालित भएको छ।”
उनले रवि लामिछानेलाई अदालतबाट धरौटीमा रिहा भइसकेपछि पनि सांसदबाट निलम्बन गरिनु कत्तिको न्यायोचित र संविधानसम्मत छ भन्ने पुनरावलोकन आवश्यक रहेको