रविलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्तामाथि छानबिन

Chitwan District Court 1024x500 1

साहारा चितवन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ठगीको कसुरमा मात्र मुद्दा चलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु गरिएको छ। महान्यायाधिवक्ता कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लिएको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले ऋण लिएको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको लुँइटेलले बताएका थिए।

अभियोगपत्रमा साहारा चितवन सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोड रुपैयाँका साथै अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रविको एकल हस्ताक्षरबाट खर्च भएको उल्लेख छ। यो रकम खर्च गर्न रविले ८१४ वटा चेक काटेको विवरण छ।

समन्धित समाचार