झापामा बन्दकर्ता र प्रहरीबीच झडपः प्रहरीले हान्यो अश्रुग्यास

झापाको दमक नगरपालिका–५ स्थित गणतान्त्रिक चोकमा झडप भएको छ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार  निर्माण गर्न नहुने भन्दै प्रदर्शनमा उत्रिएका समूह र प्रहरीको बिचमा झडप भएको हो । प्रहरीले लाठीचार्ज गरेर एक राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपमा सहभागी ८ जनालाई पक्राउ गरिएको छ ।