आईसीसी यू–१९ टी–२० विश्वकपको उपाधि भारतले जितेको छ । मलेसियाको क्वालालम्पुरमा भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै विश्वकपको उपाधि जितेको हो ।
पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकी टोलीले २० ओभरमा ८२ रन बनाएर भारतीय टोलीलाई ८३ रनको लक्ष्य दिएको थियो ।
त्यसपछि जवाफी ब्याटिङ गरेको भारतीय टोलीले ८ दशमलव ४ ओभर बाँकी रहँदै लक्ष्य पूरा गरेको हो । नेपाल भने समूह चरणबाटै बाहिरिएको थियो । प्लेअफमा भने मलेसियालाई हराएको थियो ।