त्रिकोणात्मक सिरिजः नेपालले आज नेदरल्याण्ड्ससँग खेल्ने

16

काठमाडौँमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तराष्ट्रिय श्रृङ्खलामा नेपालले आइतबार आफ्नो तेस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल दिउँसो सवा १२ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । 

नेपालले यसअघि लगातार दोस्रो हार ब्यहोरेको थियो । शनिबारको खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । सिरिजमा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागि छन् ।

समन्धित समाचार