त्रिकोणात्मक टी-२० आई सिरिज: नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित

12

काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालमा थाइल्याण्डसँग ४ विकेटले पराजित भएको छ । शनिबार सिरिजको दोस्रो खेल अन्तर्गत नेपाल थाइल्याण्डसँग  पराजित भएको हो । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो । थाइल्याण्डको जितमा नन्नापात कोन्चरोएन्काइले ६० रन बनाइन् । उनले ५८ बलमा ६ चौका हान्दै नट आउट रहिन् । कप्तान नारेउमल चाइवाइले १३ र सुवानन खियाओटोले १४ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालकी मनिषा उपाध्यायले  तथा कविता कुँवर, रूविना क्षेत्री र कविता जोशीले एक/एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५/२५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अरू ब्याटर टिक्न सकेनन् । ओपनर सम्झना खड्का शून्यमै आउट भएकी थिइन् ।

बलिङतर्फ थाइल्याण्डकी थिप्ताचा पुथाओङले तीन विकेट, फनिता माया र नट्टाया बुचथमले २/२ र चनिदा सुत्थिरूवाङले एक विकेट लिइन् । जितसँगै थाइल्याण्ड जारी सिजनमा दुवै खेल जितेर बलियो अवस्थामा छ । यसअघि उसले पहिलो खेल नेदरल्याण्ड्सलाई हराएको थियो । भने नेपालमा नेदरल्याण्डस संग पराजित भएको थियो ।

समन्धित समाचार