अमेरिकाको पेनसेल्भेनियामा व्यापारिक बिमान दुर्घटनाग्रस्त

3

अमेरिकाको पेनसेल्भेनिया राज्यको उत्तरपूर्वी फिलाडेल्फिया शहरको एक बिशाल बजार (मल) नजिकै व्यापारिक बिमान दुर्घटनाग्रस्त भएको छ । 

फिलाडेल्फिया शहरको रुजवेल्ट बिशाल बजार (मल) नजिकै उत्तरपूर्वी फिलाडेल्फियामा दुई इन्जिन (यन्त्र)भएको व्यापारिक जेट (बिमान)दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएको सिएनएनले उल्लेख गरेको छ । 

“जनवरी ३१, शुक्रबार स्थानीय समय अनुसार साँझ ६ः३० बजेतिर उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लिअरजेट ५५ दुर्घटनाग्रस्त भएको संघीय उड्डयन प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । विमानमा दुई जना सवार थिए । उनीहरु मिजौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको एफएएले बताएको छ ।

पेन्सिलभेनियाका गभर्नर जोश शापिरोले फिलाडेल्फियाका नगर प्रमुख सँग कुरा गरेको बताए । शहरको आपतकालीन व्यवस्थापन कार्यालयले सामाजिक संजाल एक्समा यो कोटम्यान र बस्टलटन मार्ग नजिकै घटना भएको र काम गरिरहेको जनाएको छ । साथै उक्त क्षेत्रमा सडकहरू बन्द गरिएको छ ।

समन्धित समाचार