हमासले आज (शनिबार) तीनजना बन्धक रिहा गर्दैछ। हमासले बन्धकमुक्त गर्नेको सूची शुक्रबार नै कतार र इजिप्टमार्फत इसराइललाई दिइसकेको छ ।
यसपटक बन्धकमुक्त हुने तीन जना पुरूष छन्। ५४ वर्षका ओफर कलडेरन, ६५ वर्षीय केइथ सेगल र ३५ वर्षीय यार्डेन बिबस छन् । सेइगल अमेरिकी मूलका इसराइली हुन्। २०२३ को अक्टोबर ७ मा उनलाई किब्बुज काफर अजाबाट हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।
कलडेरन किब्बुज निर ओजबाट दुई बच्चाबच्चीसहित अपहरणमा परेका थिए। उनका दुई बच्चाबच्चीलाई हमासले यसअघि नै बन्धकमुक्त गरिसकेको छ। हमासले बिबससँगै उनकी श्रीमती सिरी तथा दुई सन्तानहरू एरिल र कफिरलाई पनि बन्धक बनाएर गजा पुर्याएको थियो।
विवसका श्रीमती र दुई छोरा इसराइली आक्रमणमा परी मृत्यु भएको हमासको दाबी छ ।आज रिहा हुने बन्धकसहित हमासले रिहा गरेको बन्धकको संख्या १८ जना पुग्नेछ। ४२ दिनको युद्धविराममा ३३ जना बन्धकमुक्त हुनेछन् भने २ हजार भन्दा बढी प्यालेस्टिनीहरूक कैदमुक्त हुनेछन्।