कुम्भबाट फर्किएको भक्तजनको गाडीलाई ट्रकले ठक्कर दिँदा ६ जनाको मृत्यु, १३ घाइते

13 13

 प्रयागराज कुम्भ मेलाबाट फर्किएका श्रद्धालुहरूको पिकअप भ्यानलाई शुक्रबार अनियन्त्रित ट्रकले ठक्कर दिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

यो दुर्घटना उत्तर प्रदेशको गाजीपुरको नन्दगञ्ज प्रहरी चौकी नजिकैको कुस्मी काला क्षेत्रमा भएको हो । दुर्घटना हुँदा पिकअप भ्यानमा करिब २४ जना यात्रु थिए। घाइते सबै गोरखपुर बासगाउँका रहेको बताइएको छ ।

घाइते सबैलाई उपचारका लागि गाजीपुर मेडिकल कलेज पठाइएको छ । यी सबै कुम्भमा स्नान गरेर आएका जिल्ला मजिस्ट्रेटले बताए ।

समन्धित समाचार