‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक, टिकटकमा ट्रेन्डिङ

Screenshot 20250131 121139 Facebook

‘होस्टेल ३’ को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक, टिकटकमा ट्रेन्डिङ परेकाे छ ।

काठमाडौं, १८ माघ २०८१ – नेपाली चलचित्र ‘होस्टेल ३’ को दोस्रो गीत मनमा अनौठो’ सार्वजनिक भएको छ। यो गीत शुक्रवार बिहान रिलिज गरिएको हो, जसमा चलचित्रका प्रमुख कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन्।

गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने गायनमा रेश्मा पुन र उकेश रावलको आवाज सुन्न सकिन्छ। गीतको भिडियो कोरियोग्राफर प्रवीण सिंहले तयार पारेका छन्।

गीतको विषयवस्तु र दर्शकको प्रतिक्रिया
‘मनमा अनौठो’ गीतले किशोर–किशोरीहरूको प्रेमभावलाई अभिव्यक्त गर्छ। सार्वजनिक भएलगत्तै यो गीत युट्युबमा राम्रो प्रतिक्रिया पाइरहेको छ भने टिकटक तथा इन्स्टाग्राम रिल्समा ट्रेन्डिङ हुन थालेको छ।

यसअघि चलचित्र ‘होस्टेल ३’ को पहिलो गीत टिक टिक टिक’ सार्वजनिक गरिएको थियो। सो गीत नेपाल युट्युब ट्रेन्डिङको १६ औँ स्थानमा पुगेको थियो भने विदेशमा रहेका नेपाली दर्शकहरू माझ पनि लोकप्रिय बनेको थियो।

चलचित्र ‘होस्टेल ३’ को बारेमा

‘होस्टेल ३’ लोकप्रिय नेपाली चलचित्र शृङ्खला ‘होस्टेल’ को तेस्रो संस्करण हो। यसअघि सन् २०१३ मा पहिलो ‘होस्टेल’ र सन् २०१५ मा दोस्रो ‘होस्टेल रिटर्न्स’ सार्वजनिक भएका थिए।

यस पटक चलचित्रमा क्याम्पस जीवनको संघर्ष, मित्रता, प्रेम, र रमाइलो क्षणहरू समेटिएका छन्। फिल्मको निर्देशन सशान कँडेल ले गरेका छन् भने स्क्रिप्ट माधव शर्मा को रहेको छ। चलचित्रको कथा निर्देशक कँडेलकै हो।

चलचित्रका मुख्य कलाकारहरू

  • पारस बम (कुलब्वाई)
  • सिम्रन पन्त
  • उमर खान
  • सन्तोष बानियाँ
  • रोहन श्रेष्ठ
  • आशिष् पुरुष

निर्माण टिम र प्रविधिक पक्ष

चलचित्रलाई सम्मान इन्टरटेनमेन्ट ले आरोन कन फिल्म्स सँग सहकार्य गरेर निर्माण गरेको हो।

  • निर्माताहरू: सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी
  • कार्यकारी निर्माता: शङ्कर कोइराला
  • सह निर्माताहरू: शिशिर ज्ञवाली, कुन्दन गुप्ता, अनीश सिग्देल
  • लाइन प्रोड्युसर: कोसिसराज क्षेत्री

चलचित्रको दृश्य सम्पादन विकास दाहाल ले गरेका छन् भने सिनेमाटोग्राफर अर्जुन तिवारी, बुद्ध थापा, र मनोज खत्री हुन्। चलचित्रको सङ्गीतकारहरू अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली, र किरण माइकल रहेका छन्। द्वन्द्व निर्देशन हिमाल केसी ले गरेका छन्।

फागुन २३ गते नेपालसहित विदेशमा प्रदर्शन

चलचित्र ‘होस्टेल ३’ आगामी फागुन २३ गते नेपालभर प्रदर्शनमा आउने तयारीमा छ। नेपालबाहिरका विभिन्न देशहरूमा पनि यही मितिमा प्रदर्शन गरिने योजना छ। नेपालमा चलचित्र वितरण आरआर फिल्म्सकाफिया फिल्म्स ले गर्नेछन्।

चलचित्रका गीतहरू दर्शक तथा स्रोतामाझ लोकप्रिय भइरहेका छन्। अब चलचित्रले बक्स अफिसमा कस्तो प्रदर्शन गर्छ भन्ने कुरा हेर्न बाँकी छ।

समन्धित समाचार