त्रिकोणात्मक महिला ट्वान्टी-२० शृंखलामा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको छ ।
१ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३७ रनमात्र बनाउन सक्यो । यसअघि टस हारेपछि ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले रोबिन रिज्केको अर्धशतकमा त्रिवि क्रिकेट मैदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई १ सय ५७ रन बनाएको थियो ।