फिल्म ‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच सहमति

15 11

फिल्म ‘एक्टरः टेक वन’ र ‘एक्टर’ का निर्माताबीच नामको विषयलाई लिएर चलिरहेको विवाद टुंग्याउने सहमति भएको छ। 

बिहीबार दिउँसो कानुन व्यवसायीहरू समेतको सहभागितामा दुई पक्षबीच भएको छलफलपछि आजकै मितिदेखि फिल्म ‘एक्टरः टेक वन’ लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो।

सहमति जुटेसँगै दुई पक्षले संयुक्त विज्ञप्ति जारी गरेका छन्। जसमा ‘एक्टर’ का निर्माताले ‘एक्टरः टेक वन’ विरूद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ।

शुक्रबार अदालत खुल्नासाथ विचाराधिन मुद्धा फिर्ता लिने जनाइएको छ। 

दुवै फिल्मका निर्माताले फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड, चलचित्र संघ र देशभरका हललाई अनुरोध समेत गरेका छन्।

समन्धित समाचार