बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

gold 780x470 1

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा छ सयले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य ११९५ मा कारोबार भएकोमा आज बढेर तोलामा १२३० कायम गरिएको महासंघले जनाएको छ ।

समन्धित समाचार