हमासले आज थप ८ जना बन्दी रिहा गर्ने

2 20

हमासले बिहिबार थप ८ जना बन्दी रिहा गर्ने भएको छ । टाइम्स अफ इजरायलका अनुसार हमासले युद्धविराम सम्झौता अन्तर्गत आज अरु तीन जना इजरायली बन्दी र पाँच जना थाइ बन्दीलाई रिहा गर्दैछ ।

पत्रिकाका अनुसार हमासले दिएको तीन इजरायलीमा  सेनाका २० वर्षीय जवान अगम बर्जर, २९ वर्षीय नागरिक अर्बेक येहुद र  ८० वर्षका मोशे मोजेज छन् । रिह गर्न लागिएका पाँच जना थाई नागरिकको नाम भने खुलाइएको छैन । 

गाजामा हमासको कब्जामा ८ जना थाइ बन्दी छन् । नेपालका एक र तान्जानियाका एक जना छन् । थाईका अरु दुई बन्दी र तान्जानियाली नागरिकको मृत्यु भइसकेको इजरायलले भनेको छ । नेपाली विपिन जोशी भने जिवितै रहेको टाइम्स अफ इजरायलले भनेको छ । 

समन्धित समाचार