एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

8 14

 एपीएफले महिला प्रधानमन्त्री कपको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्यमा एपीएफले १२.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफका लागि ममता चौधरीले अविजित ४३ रन बनाइन् । कप्तान इन्दु बर्माले १८ रन बनाइन् । ओपनर राजमती ऐरीले ४ रनमा रन आउट भइन् ।

यसअघि सुदूरपश्चिम १८.१ ओभरमा ६७ रनमा अलआउट भएको थियो । मनिषा बोहराले अविजित १८ रन बनाइन् । कप्तान विन्दु रावलले १७ रन बनाइन् । एपीएफका लागि कुविता कुँवरले ३ विकेट लिइन् । सबनम राई र इन्दु बर्माले २–२ तथा करुणा भण्डारी र कविता जोशीले १ विकेट लिइन् ।

समन्धित समाचार