रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुल्यो

2 16

भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ ।परराष्ट्र मन्त्रालयले रेल दुर्घटनामा परी सात नेपालीसहित १२ जनाको निधन भएको जनाएको छ ।

मन्त्रालयका अनुसार निधन हुनेमा कैलालीका दुई जना छन् । त्यसमा कमला नवीन भण्डारी (वर्ष ४३), लछिराम पासी (वर्ष ४०) छन् । यस्तै अछामका चार जनाको निधन भएको छ । हिन्दुराम विश्वकर्मा (वर्ष ११), नन्दराम पद्य विश्वकर्मा (४४ वर्ष), मैसारा कामी विश्वकर्मा (४२ वर्ष) र जोक्ला उर्फ कला कामी (६ वर्ष) छन् । त्यस्तै रेल दुर्घटनामा बाँकेका ३२ बर्षीय राधेश्याम राधको निधन भएको छ ।

दुर्घटनामा घाइते भएका चार नेपालीमध्ये तीन जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका एक जनाको गोदावरी अस्पताल जलगाउँमा उपचार भइरहेको छ ।

समन्धित समाचार