हमासद्धारा शनिबार रिहा हुने चार बन्दीको नाम सार्वजनिक

1 16

हमासले आज रिहा गर्ने चार बन्दीको नाम सार्वजनिक गरेको छ । रिहा हुनेमा सेनाहरू करिना, अरिभ, डानियला गिल्बोआ, नामा लेभी र लिरी अल्बाड रहेका छन् ।

इजरायलले पनि यसको बदलामा प्यालेस्टाइनी जेलमा रहेका १८० जनालाई छाड्ने छ । आइतबार इजरायलमा युद्ध विराम लागु भए यता यो दोस्रो पटक बन्दी रिहा हुन लागेका हुन् । पहिला तीन बन्दी र इजरायली जेलबाट ९० जना छाडिने छन् ।

७ अक्टोबर २०२३ का दिन हमासले इजरायलमा हमला परेर २५१ जनालाई बन्दी बनाउनुका साथै १२ सय जना भन्दा बढीको ज्यान लिएपछि सुरु भएको लडाइँ गत आइतबारको युद्ध विरामसँगै रोकिएको हो।शनिबार रिहा हुन लागेका तीन इजरायली गाजा सीमामा रहेको र उनीहरूलाई हमासका बन्दुकधारीले नियन्त्रणमा लिएर हात पछाडि बाँधेर लिएर गएको फुटेज सार्वजनिक गरेको थियो ।

समन्धित समाचार