यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार तेस्रो हार

6 11

मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकपमा नेपालले लगातार तेस्रो हार खेपेको छ ।

समूह ‘डी’ अन्तर्गत मलेसियाको वाइएसडी युकेएम ओभल मैदानमा बुधबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भयो । 

लगातार तेस्रो हारसँगै नेपालको सुपर सिक्स यात्रा सकिएको छ । नेपालले अब शुक्रबार हुने प्लेअफ खेलमा समूह ‘ए’ को चौथो हुने टोलीसँग खेल्नेछ ।

यसअघि नेपाल पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेट र दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेटले पराजित भएको थियो । जितका लागि एक सय ४० रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा ५६ रनमा समेटियो ।

समन्धित समाचार