अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने

101

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री  विद्या भट्टराईले अध्यादेश जारी हुनुपूर्व नियुक्त भएका सबै शिक्षकहरुलाई योगदान रहित पेन्सन प्रावधान कै ब्यवस्था लागु हुने बताउनु भएको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे छलफल भएको जानकारी दिदै यो ब्यवस्था अध्यादेश जारी भएपछिको मीतिबाट मात्र लागु हुने मन्त्री भट्टराईले बताउनु भयो ।

‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा, यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भन्ने । बैठकमा छलफलपछि जहिलेबाट ऐन बनेको छ त्यहीबाट लागू हुने कुरा भएको छ । त्यो भनेको ०८१ माघ ३ गतेपछिका शिक्षको हकमा  मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ ।’ मन्त्री भट्टराईले भन्नुभयो ।

गत पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले  अध्यादेश मार्फत  शिक्षकको निवृत्तिभरण कोषको ब्यवस्था संशोधन गर्दै सरकारी शिक्षकहरूले पनि योगदान गरी निवृत्तिभरण पाउने व्यवस्था गरेको थियो । माघ ३ गते राष्ट्रपतिबाट उक्त अध्यादेश जारी भएको थियो ।

समन्धित समाचार