नेपालले ICC U-१९ महिला टी-२० विश्वकपको दोस्रो खेलमा स्कटल्याण्डलाई ७४ रनको लक्ष्य दिएको छ।

puja vs scot

नेपाल महिला क्रिकेट टोलीले स्कटल्याण्ड विरुद्ध ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ। बाँगीस्थित युएसडी-युकेएम ओभलमा भएको यो खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो र १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान पुजा महतोले २७ रनको योगदान दिइन् भने ओपनर सावित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। वान डाउनमा ब्याटिङ गरेकी पुजाले ४३ बल खेलेर ३ चौका प्रहार गरिन्।

नेपाललाई अलआउट गर्न स्कटल्याण्डको माइसी मासेइराले ३.५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिइन्। यसै क्रममा एम्मी बाल्डी र नायमा शेखले २-२ विकेट लिए। स्कटल्याण्डका बलरहरुले नेपालका ब्याट्सम्यानहरुलाई रन बनाउनको लागि संघर्ष गर्न बाध्य पारे।

नेपालले राम्रो बलिङ प्रदर्शन गर्न चाहिरहेको छ भने अबको लक्ष्य स्कटल्याण्डलाई सस्तो रनमा अलआउट गर्नु हुनेछ।

आगामी टुर्नामेन्ट र सिरिजहरू:

  • ICC Women’s Under-19 T20 World Cup 2025
  • U19 Women’s World Cup Warmup
  • ICC Men’s T20 World Cup 2024
  • IPL 2024
  • NPL – Nepal Premier League (2024)
  • West Indies A Tour to Nepal 2024
  • Nepal Tri-Nation T20I Series (2024)
  • 2023–2027 ICC Cricket World Cup League 2
  • Nepal Vs Canada ODI Series

नेपालको आगामी खेलका लागि टिमलाई शुभकामना छ!

समन्धित समाचार