खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारत च्याम्पियन

2 12

नेपाललाई हराउँदै भारतले पुरुषतर्फको खो-खो विश्वकपको उपाधि जितेको छ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार राती भएको पुरुषतर्फको फाइनलमा नेपाल आयोजक भारतसँग ५४–३६ अन्तरले पराजित भएको हो। 

भारतले दुवै इनिङ्समा अट्याकिङमा नेपालभन्दा धेरै अंक जोडेको थियो। पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक जोड्दा दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो। नेपालले भने दुवै इनिङ्समा समान १८ अंक जोडेको थियो।

यसअघि भएको महिलातर्फको फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो।

समन्धित समाचार