हमासद्वारा रिहा हुने ३३ बन्धकको सूची सार्वजनिक, विपिन जोशी परेनन्

107

इजरायल सरकारले हमास विद्रोहीद्वारा अपहरण गरिएका ३३ बन्धकहरूको नाम सार्वजनिक गरेको छ। युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायलले ती बन्धकहरूलाई मुक्त गर्ने तयारी गरेको एजेन्सीले जनाएका छन्।

105

यो सूचीमा समावेश बन्धकमध्ये सबैभन्दा कान्छा र पाका व्यक्ति छन्, जसलाई अक्टोबर ७ २०२३ मा अपहरण गरिएको थियो।प्रकाशित सूचीअनुसार नौ महिनाको उमेरमा अपहरण गरिएका कफिर बिबास छन्। त्यस्तै, ८६ वर्षका श्लोमो मान्जुर अपहरण गरिएका सबैभन्दा वृद्ध व्यक्ति छन्। उनीहरू पहिलो चरणमा रिहा हुने बन्धकहरूमा सूचीमा रहेको एजेन्सीहरूले दाबी गरेका छन्। इजरायलले हालसालै युद्धविरामको घोषणा गरेको थियो। युद्धविरामको घोषणा कार्यान्वयन आइतबारबाट हुने जनाइएको थियो।

हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी युद्धविरामको पहिलो चरणमा नछुट्ने भएका छन् । इजरायलले युद्धविरामको पहिलो चरणमा रिहा हुने ३३ बन्धकहरूको सूची सार्वजनिक गरेको छ । जसमा जोशीको नाम उल्लेख छैन ।

समन्धित समाचार