एमसीसी कुनै पनि हालतमा पारित हुँदैन भन्दै गर्जिने यि को हुन् ?

240635240 838041423749938 4086975737891001085 n 1

जुम्ला, १८ भदौ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले कुनै पनि हालतमा एमसीसी पारित हुन नसक्ने बताएका छन् । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता बाँस्तोलाले यस्तो बताएका हुन् ।

उनले एमसीसी सामूहिक हित र स्वार्थका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि पारित गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए । ‘एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ’, उनले भने, ‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ, त्यही आतंक नेपालामा फैलिनेछ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागू गर्न दिनुहुँदैन ।’

यो नेपालको हितमा नरहेको र नेकपाका लागि स्वीकार्य नहुने उनको भनाइ छ । ‘समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन्’, उनले भने, ‘एमसीसीका पछाडि दुर्भाग्यका संकेतहरू देखिएका छन् ।’

नेपाललाई आधारभूमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको भएको भन्दै बाँस्तोलानले भने, ‘सिंगो देश एकातिर छ । एमसीसी पारित भएको खण्डमा देशमा ठूलो क्रान्ति हुने सम्भावना छ ।’

समन्धित समाचार