भारतमा जारी खो खो विश्व कप अन्तर्गत आज उपाधि भिडन्त हुदैछ। जहाँ नेपाली पुरुष र महिला दुबै टोली भारत सँग उपाधिका लागि भिड्दै छन्।
इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको खेलमा युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली टोली अन्तिम दुईमा पुगेको थियो भने इरानलाई ७२-२० ले हराउँदै नेपाली पुरुष टोली पनि फाइलनमा पुगेको हो।
यता भारतका पुरुष र महिला टोलीले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध जित हासिल गरेका थिए। भारतीय पुरुष खो खो टोलीले दक्षिण अफ्रिकालाई ६२-४२ ले हराएको थियो भने महिला टोलीले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६६-१६ ले हराएको थियो।